Logo

यी हुन् एमसीसीको विरोधमा नेपाल बन्द घोषणा गर्ने कम्युनिष्ट मोर्चा (विज्ञप्तिसहित)



काठमाडौं, ३ फागुन । विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीसहित पाँच पार्टी र एक मोर्चाले ४ फागुन भोलि नेपाल बन्द आव्हान गरेका छन् । उनीहरुले एमसीसीको विरोधमा नेपाल बन्द आव्हान गरेका हुन् ।

विप्लव समूहले आज देशका विभिन्न भागमा मसाल जुलुस समेत गरेको छ । उनीहरुले विज्ञप्तिमार्फत् विरोधका विभिन्न कार्यक्रम घोषणा समेत गरेका छन् ।

बन्द आव्हान गर्नेहरुमा विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी, मोहन वैद्य किरण नेतृत्वको नेकपा क्रान्तिकारी माओवादी, सीपी गजुरेल नेतृत्वको देशभक्त जनगणतान्त्रिक मोर्चा, ऋषि कट्टेल नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी, कर्णजित बुढाथोकी नेतृत्वको नेकपा माओवादी केन्द्र समाजवादी र आहुती संयोजक रहेको वैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टी छन् ।

विज्ञप्तिमार्फत् उनीहरुले ५ फागुनबाट संघर्षका थप कार्यक्रम दिइने उल्लेख गरेका छन् ।



प्रतिक्रिया दिनुहोस्