Logo

एमसीसी रोक्न प्रचण्ड लागेपछि देउवा अप्ठ्यारोमा



काठमाडौं, ४ फागुन । प्रधानमन्त्री शेरबहादुर देउवा फेरि अप्ठ्यारोमा परेका छन् । नेकपा माओवादी केन्द्रले एमसीसी बढाउन खोजे सत्ता गठबन्धन छाड्ने निर्णय गरेपछि देउवा अप्ठ्यारोमा परेका हुन् ।

आज बालुवाटार पुगी प्रचण्डले देउवालाई आफ्नो दलको धारणा बताएका छन् । उनले एमसीसी यथास्थितिमा बढाउन नसकिने जानकारी गराएका हुन् ।

आज संसदमा एमसीसी टेबल नहुने भएको छ । सभामुख अग्निप्रसाद सापकोटाले टेबल नगर्ने भएका हुन् । योसँगै गठबन्धन संकटमा परेको छ ।
सभामुख सापकोटाले एमसीसी टेबल गर्ने सहमति अनुसार देउवाले १ फागुनमा प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराविरुद्ध महाभियोग लगाउने सहमति जनाएका थिए । तर, प्रचण्ड मात्र नभई नेकपा एसका अध्यक्ष माधवकुमार नेपाल पनि एमसीसी पारित नगर्ने पक्षमा उभिइसकेका छन् ।

b dcxzaसत्ता गठबन्धनका माओवादी र नेकपा एस एमसीसीको विपक्षमा उभिएपछि देउवाका सामु नयाँ विकल्पमा जाने अवस्था सृजना भएको छ । उनका लागि अबको विकल्प एमसीसीमा पछाडि हट्ने या ओलीसँग गठबन्धन बनाउने मात्र रहेको छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot