Logo

निर्वाचन आयोगले गर्यो दल दर्ता आव्हान



काठमाडौं, ४ फागुन । निर्वाचन आयोगले दल दर्ता आव्हान गरेको छ । स्थानीय तह निर्वाचनका लागि प्रयोजनका लागि बिहिबारदेखि दल दर्ता आव्हान गरेको हो ।

निर्वाचन आयोगमा एक सय ६ दल दर्ता भएकामा स्थानीय तहको निर्वाचन प्रयोजनका लागि फेरि दल दर्ता गर्नुपर्नेछ । यसका लागि दलको पूरा नाम, संक्षिप्त नाम, स्थापनाको मिति, केन्द्रीय कार्यालयको ठेगाना, टेलिफोन नम्बर, इमेल र वेवसाइट समेत खुलाउनुपर्ने उल्लेख छ ।

दलको केन्द्रीय कार्यसमिति, प्रदेश र जिल्ला समितिका पदाधिकारी तथा सदस्यको संख्यासमेत खुलाउनुपर्ने उल्लेख छ । दलहरुले वार्षिक लेखापरीक्षण प्रतिवेदन समेत पेस गर्नुपर्ने हुन्छ ।



प्रतिक्रिया दिनुहोस्