काठमाडौं, ४ फागुन । राजनीतिक विश्लेषक तथा सामाजिक अभियन्ता प्रकाश रायमाझीले एमसीसी नेपालको राष्ट्रियता, स्वाधिनता, अन्य वैदेशिक सहायता भन्दा फरक किसिमले सन्धिको रुपमा आएको बताएका छन् । उनले अमेरिकाले एमसीसीलाई परियोजनाको माध्यमबाट सन्धी गराउन खोजेको भन्दै आपत्ति जनाएका छन् ।
रिपोर्टर्स क्लब नेपालको युट्युब च्यानलबाट प्रसारण भएको कार्यक्रम ‘वैचारिक मन्थन’मा पत्रकार सचिना बानियाँसँग कुरा गर्दै रायमाझीले यस्तो बताएका हुन् ।
उनले सम्झौताका बुदाँहरुमा स्थानीयसँग सरोकार राख्ने कुराहरु जल र जलबाट उत्पन्न हुने भनिएपनि त्यसको प्रसारण लाइन र सडक सञ्जाल विस्तार गर्ने प्रावधानहरु नेपालको कानुन भन्दा माथि हुने जिकिर गरे । उनले भने,‘यसरी देशमा आएको सामान्य सहयोगलाई लिदैनौ, नेपाललाई यो आवश्यक छैन्, ३ करोड नेपालीहरु यसको विरुद्ध हुँदाहुँदै एउटा सामान्य प्रोजेक्टको लागि राज्यले जबरजस्ती गरेमा दुर्भाग्यपुर्ण हुनेछ ।’
उनले एमसीसी नेपालको राजनीतिक स्वार्थमा जोडिएका केही पृष्ठपोषक व्यक्तिहरुको स्वार्थले ल्याइएको पनि आरोप लगाए । उनले भने,‘यसमा नेपालीलाई सन्धी गराएर ५६ अर्ब रुपैयाँ दिन्छ भने त्यो अमेरिकाले फिर्ता लगोस भन्ने हाम्रो चाहाना हो ।’ ५ वर्षसम्ममा योजना सम्पन्न नभएमा नेपालले सोधभर्ना तिर्नुपर्छ र पैसा फिर्ता गर्नुपर्ने भन्दै उनले यो अनुदान हो भनेर भ्रममात्र फैलाएको बताए । सामान्य एमसीसी जस्तो प्रोजेक्टको लागि नेपालका प्रधानमन्त्री, पुर्वप्रधानमन्त्री, पुर्व न्यायाधीशहरुले अमेरिकाको लागि चिट्टी लेख्नु नेपालको लागि दुर्भाग्य भएको उनको भनाई थियो ।
नेपालका नेताहरुले जबरजस्ती मागेर ल्याएको, नेपालीलाई दास बनााउन ल्याइएको परियोजना नेपालको हितकर नभएको पनि उनले तर्क गरे । रायमाझीले एमसीसी सम्झौतापछि नेपाल र नेपालीको स्वाधिनतामा प्रश्न उठ्ने भएकोले अस्विकार गरेको पनि स्पष्ट पारे । अहिले कांग्रेसको नेतृत्वमा एमसीसी पास भएमा त्यसको मुल्य कांग्रेसले चुकाउन पर्ने उनले धारणा राखे । ३ करोड नेपालीविरुद्ध गएर सरकारले निर्णय गरेमा अप्रिय हुने चेतावनी सरकारलाई दिँदै उनले भने,‘अप्रिय परिस्थितिको सामना गर्न सरकार तयार हुनुपर्छ । आउने चुनावमा पनि त्यसको परिणाम देखिन्छ, घर–घरबाट सामाजिक वहिस्कारको अभियान सुरु हुन्छ ।’
उनले दोहोरो चरित्र देखाएको दल नेकपा माओवादीलाई लक्षित गर्दै तिनीहरुको नेपाली जनताले गहिरो रुपमा अध्ययन र विश्लेषण गरिरहेको पनि सुनाए । एमसीसीसँग सरोकार राख्नेहरुलाई नेपालबाट लखेट्न पर्ने परिस्थिती उत्पन्न हुँदै गएको उनको भनाई थियो । विर गोर्खालीको देश नेपाल हो भन्दै मामुली पैसाको लागि अमेरिकासँग सम्झौता गर्ने पक्षमा नरहेको पनि उनले स्पष्ट पारे ।
५१ करोड रुपैयाँ एनसेलको पैसा र एमसीसीको पैसाबाट पूर्वप्रधानन्यायाधीश र केही बिचौलिया व्यापारीबाट प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराविरुद्धको महाअभियोग प्रस्तावलाई अघि वढाउन केही सञ्चार माध्यमहरुलाई पैसा दिएर गलत प्रचार गर्ने प्रयास भइरहेको पनि उनले जिकिर गरे । जबराविरुद्ध महाभियोगको प्रस्ताव व्यक्तिगत नभएर न्यायालयलाई ध्वस्त बनाउने योजना अनुरुप ल्याइएको विश्लेषक रायमाझीको भनाई छ ।
बिचौलिया, वकिल र भ्रष्ट न्यायाधीशहरुको जालझेलमा नेकपा एकिकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालको मुद्दालाई खारेज गराउन रातारात प्रधानमन्त्री शेरबहादुर देउवालाई कठपुतलीको रुपमा महाअभियोगको प्रस्ताव संसदमा पेस गर्न लगाइएको उनले धारणा राखे ।
भिडिओ हेर्नुहोस्:




प्रतिक्रिया