Logo

कांग्रेस एमसीसी पास गर्ने कुरामा अडिग छ : महामन्त्री थापा



काठमाडौं, ५ फागुन । नेपाली कांग्रेसका महामन्त्री एवम् सांसद गगनकुमार थापाले आफ्नो पार्टी एमसीसी पास गर्ने कुरामा अडिग रहेको स्पष्ट पारेका छन् । कांग्रेस नेता अर्जुननरसिंह केसीले लेखेको पुस्तक ‘नेपाली कांग्रेसको संक्षिप्त इतिहास’ को विमोचन कार्यक्रममा बोल्दै नेता थापाले यस्तो बताएका हुन् ।

उक्त अवसरमा थापाले नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालको भूमिकाको आलोचनासमेत गरेका थिए । उनले भनेका थिए,‘बालुवाटारमा एउटा कुरा र खुमलटारमा अर्को कुरा गर्ने पार्टी होइन कांग्रेस। कांग्रेस प्रतिपक्षमा हुँदा एउटा र सरकारमा हुँदा अर्को कुरा गर्ने पार्टी पनि होईन् ।’

PM Deuba’s Speech



प्रतिक्रिया दिनुहोस्