Logo

कांग्रेसमा एकतहमा पराजित व्यक्ति माथिल्लो तहको उम्मेदवार बन्न नपाउने



काठमाडौँ, ५ फागुन । सत्तारुढ दल नेपाली कांग्रेसको एउटा तहमा पराजित व्यक्ति अब माथिल्लो तहको अधिवेशनमा उम्मेदवार बन्न नपाउने भएका छन् । कांग्रेस केन्द्रीय निर्वाचन समितिको बैठकले यस्तो निर्णय गरेको हो ।

समितिले कांग्रेसको एक तहमा उम्मेदवार भएर पराजित भएकाहरु सोही अवधिमा भइरहेको अर्को तहको अधिवेशनमा उम्मेदवार बन्न नपाउने जनाएको छ ।

केन्द्रीय निर्वाचन समितिले आज गरेको निर्णयमा भनिएको छ,‘नेपाली कांग्रेसको विधान २०१७ (संशोधन सहित) को धारा ५९ को व्यवस्था र सिद्धान्तलाई आत्मसाथ गर्दै कुनै पनि तहको निर्वाचनमा पदाधिकारी तथा सदस्यमा उम्मेदवार हुन नमिल्ने । तर महाधिवेशन प्रतिनिधिको उम्मेदवार भइ पराजित भएको क्षेत्रीय प्रतिनिधीले एक भन्दा बढी निर्वाचन क्षेत्र भएको जिल्लामा, जिल्ला कार्यसभापतिको सभापतिबाहेक अन्य पद र तहको पदाधिकारी र सदस्य पदमा उम्मेदवार बन्न सक्नेछ ।’

 



प्रतिक्रिया दिनुहोस्

Screenshot