Logo

बाबुराम एमसीसी पास हुनेमा ढुक्क, पार्टीमा बहुमत सांसदहरु एमसीसीको पक्षमा रहेको दाबी



काठमाडौं, ५ फागुन । जनता समाजवादी पार्टी, नेपालका संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराई एमसीसी संसद्बाट अनुमोदन गर्नुपर्ने बताएका छन् । सरकारले भोलि एमसीसी पास/फेलको लागि सदनबाट टेबुल गर्न लागेको बेलामा भट्टराईले यस्तो बताएका हुन्।

पत्रकार ऋषि धमलासँगको कुराकानीमा उनले भने,‘एमसीसी नेपालको हितमा छ, यसमा अलमल गर्नुपर्ने कुनै कारण नै छैन् । हाम्रो पार्टीमा बहुमत सांसदहरु र केन्द्रीय कार्यकारिणी सदस्यहरु एमसीसीको पक्षमा हुनुहुन्छ । हामी पक्षमा मतदान गर्छौं ।’ जसपामा एमसीसीलाई लिएर मत विभाजित रहेको चर्चा चलिरहेको बेला उनले भने बहुमत सांसदहरु एमसीसीको पक्षमा रहेको खुलाए ।

अध्यक्ष उपेन्द्र यादव भने एमसीसीको विपक्षमा रहेको बुझिएको छ । आज साँझ ५ बजे गठबन्धनको बैठकमा एमसीसीबारे निर्णायक छलफल हुँदैछ । तर, जसपाका अध्यक्ष यादव भने बैठक छल्न पार्टीको सामान्य कार्यक्रममा भाग लिन सिरहा पुगेका छन् ।

जसपामा यादव र भट्टराईबीच पनि आन्तरिक विवाद चुलिएको चर्चा छ । केही दिन पहिले अशोक राईलाई अध्यक्ष बनाउनुपर्नेगरि भट्टराईसहितका नेताहरुले दबाब बढाएका थिए । तर, यादव भने उक्त माग सम्बोधन गर्नबाट भागिरहेको चर्चा छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot