Logo

प्रहरीमा तीन एआइजीको दरबन्दी थपियो, को को दौडमा ?



काठमाडौं, ५ फागुन । नेपाल प्रहरीमा तीन एआइजीको दरबन्दी थपिएको छ । आज बसेको मन्त्रिपरिषद बैठकले दरबन्दी थप्ने निर्णय गरेको हो ।

दरबन्दी थप्न गृहमन्त्री बालकृष्ण खाँणले मन्त्रिपरिषदमा प्रस्ताव लगेका थिए । योसँगै प्रहरीमा प्राविधिकबाहेक ८ एआइजीको दरबन्दी भएको छ ।

प्रहरीमा हरिबहादुर पाल, निरजबहादुर शाही, प्रद्युम्न कार्की, विश्वराज पोखरेल र सहकुल थापा एआइजी छन् । पाल, शाही र कार्की आइजीपी शैलेश थापा क्षेत्रीका ब्याची हुन् । पोखरेल र थापा भावी आइजीपीको दाबेदार हुन् ।

तीन एआइजीका लागि वसन्त पन्त, इश्वरबाबु कार्की, धीरज सिंह, रवीन्द्र धानुक, वसन्त पन्त, उत्तमराज सुवेदी, अरुण बिसीलगायत दौडमा छन् । धीरज सिंहलाई एआइजी बनाएर आइजीपीको दौडमा लाने तयारी भएको बुझिएको छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot