Logo

एमसीसीमा सहमति नजुटेपछि गठबन्धन धरापमा



काठमाडौं, ५ फागुन । एमसीसी टेबल गर्ने वातावरणको प्रयास गरेपनि नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादी सहमत नहुँदा सत्ता गठबन्धनको बैठक विना निष्कर्ष टुंगिएको छ । आज बसेको बैठकमा दलहरु आ आफ्नो अडानमा बसेका थिए ।

प्रधानमन्त्री शेरबहादुर देउवाले एमसीसी टेबल गरेर टुंगोमा जान आग्रह गरेपनि माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पुरानै अडान दोहोराएको बुझिएको छ । उनले सदन खुलाउनुपर्ने पहिलो सर्त राखेका थिए ।

नेकपा एसका अध्यक्ष माधवकुमार नेपालले मध्यमार्गी बाटो खोज्ने प्रयास गरेका थिए । तर, सहमति जुट्न सकेन ।

जसपा नेता डा. बाबुराम भट्टराईले एमसीसीलाई गिजोल्ने काम नगर्न र उग्रराष्ट्रवादी बन्ने दिशातर्फ नजान आग्रह गरेका थिए । नेताहरु अडानबाट टसमस नभएपछि सत्ता गठबन्धन धरापमा परेको छ ।-File Photo



प्रतिक्रिया दिनुहोस्

Screenshot