Logo

सत्ता गठबन्धनको बैठक नसकिँदै माधव नेपाल र झलनाथ खनाल किन बाहिरिएका थिए ?



काठमाडौं, ५ फागुन । सत्तारुढ गठबन्धनको बैठकबाट नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपाल र सोही पार्टीका सम्मानित नेता झलनाथ खनाल बैठक नसकिँदै बाहिरिएका थिए ।

प्रधानमन्त्री निवास बालुवाटारमा बसेको गठबन्धनको बैठकमा एमसीसीबारे सहमति जुट्न सकेको छैन् । बैठक सम्पन्न नहुँदै एकीकृत समाजवादीका नेता बाहिरिएका थिए । उनीहरूले सञ्चारकर्मीलाई कुनै प्रतिक्रिया भने दिएका थिएनन् । माधव नेपाल र झलनाथ बैठकबाट बाहिरिएपछि पनि गठबन्धनका अन्य नेताहरूबीच भने छलफल जारी रहेको थियो ।

बैठकमा कांग्रेसको तर्फबाट प्रधामन्त्रीसमेत रहेका सभापति शेरबहादुर देउवा, महामन्त्री गगनकुमार थापा, कांग्रेस प्रवक्ता प्रकाशशरण महत, नेताहरू ज्ञानेन्द्र बहादुर कार्की, कृष्ण प्रसाद सिटौला सहभागी थिए ।

यस्तै माओवादीबाट अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेता नारायणकाजी श्रेष्ठ, एकीकृत समाजवादीबाट अध्यक्ष माधवकुमार नेपाल, झलनाथ खनाल सहभागी थिए । जसपाबाट बाबुराम भट्टराई र राजेन्द्र श्रेष्ठ बैठकमा सहभागी थिए ।

बैठकमा माधव नेपालले आफ्नो पार्टीको स्थायी कमिटीको बैठक शनिबार बस्ने भएकोले त्यतिञ्जेलसम्म पर्खन प्रधानमन्त्री देउवालाई आग्रह गरेका थिए । तर, देउवाले भने भोलि नै एमसीसी संसद्मा टेबुल गर्ने अडान लिएका थिए ।



प्रतिक्रिया दिनुहोस्

Screenshot