Logo

गठबन्धनमा निर्णायक वार्ता



काठमाडौं, ६ फागुन । सत्ता गठबन्धनमा एमसीसीबारे निर्णायक वार्ता हुने भएको छ । विहान ९ बजे बालुवाटारमा तय भएको वार्तामा एमसीसीकारे प्रधानमन्त्री शेरबहादुर देउवाले स्पष्ट धारणा माग गरेर आफ्नो अडान पनि राख्ने बुझिएको छ ।

देउवाले एमसीसीबारे निर्णय लिएरै गठबन्धनमा तोड्ने कि कायम राख्ने टुंगो लगाउन सक्ने बुझिएको छ । उनले हिजो विकल्पमा जान नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग भेटवार्ता गरिसकेका छन् ।

देउवा पत्नी आरजु देउवासहित बालकोट पुगेर ओलीसँग भेटेपछि राजनीतिक तरंगित भएको थियो । देउवा र ओलीबीच सहमतिको सम्भावना बढेको छ ।-File Photo



प्रतिक्रिया दिनुहोस्

Screenshot