Logo

ओली गठबन्धन भत्काउन केन्द्रित



काठमाडौं, ६ फागुन । नेकपा एमाले सत्ता गठबन्धन भत्काउन केन्द्रित भएको छ । उसले गठबन्धन भत्काएपछि मात्र एमसीसीमा आफ्नो कित्ता स्पष्ट पार्ने रणनीति बनाएको बुझिएको छ ।

५ फागुनको साँझ बालकोट पुगेका प्रधानमन्त्री शेरबहादुर देउवालाई पनि एमाले अध्यक्ष केपी शर्मा ओलीले गठबन्धन तोडेर सहमतिमा आउन भनेको बुझिएको छ । देउवाले एमसीसीबारे सहमतिमा जाने गरी ओलीका सर्तहरुबारे कुरा गरेका थिए । ओलीले गठबन्धन भत्काउने देखि सत्ता साझेदारीको पनि कुरा गरेको विश्वस्त स्रोतले बताएको छ ।

ओली एमसीसीबारे निर्णय नलिई बसेका छन् । उनको आफ्नै सर्त छ । जसमध्ये माधव नेपालसहित १४ सांसदलाई पदमुक्त गर्ने सभामुखबाट सूचना टाँस हुनुपर्ने नभए सभामुखलाई पदबाट हटाउनुपर्ने उसको एजेन्डा नै बनेको छ । यही एजेन्डा पूरा गर्न ओली केन्द्रित छन् । यसमा देउवा सहमत भएमा ओली एमसीसीबारे लचिलो हुनसक्ने बुझिएको छ ।

गठबन्धन भत्किएपछि देउवा स्वतः अल्पमतमा पर्ने र नयाँ ढंगले सरकार निर्माण हुने अवस्था बन्न सक्छ । ओली पक्ष यही रिक्ततामा खेल्ने दाउमा छन् ।



प्रतिक्रिया दिनुहोस्

Screenshot