Logo

ओलीको गृहमन्त्री खाँणलाई प्रश्नः प्रहरी किन कुटिए ?



काठमाडौं, ९ फागुन । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एमसीसीको विरोधमा सत्ता पक्षकै कार्यकर्ताबाट प्रहरी कुटिएकोमा प्रश्न गरेका छन् । उनले सोमबार कालु पाण्डेको समाधिस्थलमा आयोजित कार्यक्रममा आइतबार गृहमन्त्रीसँग भएको टेलिफोन संवादबारे खुलाउँदै यस्तो प्रश्न गरेको बताएका हुन् ।

सत्तामा बस्ने अनि सडक भत्काउने र प्रहरी कुट्ने गतिविधि हुँदा समेत सरकार निरिह देखिएको ओलीले बताए । उनले भने, ‘मैंले गृहमन्त्रीलाई सोधें पूहरी किन कुटिए ?’ ओलीले सरकारमा बसेर क्रान्तिकारी देखाउन खोज्ने र दोहोरो चरित्र देखाएर सडक भत्काउने गतिविधि गरेको भन्दै माओवादीको आलोचना गरे ।

एमसीसीको विरोधमा केही व्यक्ति सडकमा देखिएको र ध्वंसात्मक गतिविधि गरेको ओलीको टिप्पणी थियो । सरकारमा भएका दलहरुले एमसीसी पास गरेर षड्यन्त्र गर्ने गतिविधि गरिरहेको आरोप लगाए ।



प्रतिक्रिया दिनुहोस्

Screenshot