Logo

ओली भेट्न बालकोटमा गृहमन्त्री खाँड



काठमाडौं, फागुन ११ । गृहमन्त्री खाँड नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओली भेट्न बालकोट पुगेका छन् । एमसीसीमा सहमति जुटाउन प्रधानमन्त्री आफै दौडधुपमा लागेका बेला एमसीसीबारे छलफल गर्न खाँड ओली निवास बालकोट पुगेका हुन् ।

ओलीलाई लक्षित गर्दै सवारीमा ढुंगा प्रहार भएपछि गृहमन्त्रीको ध्यानाकर्षण गराएका ओलीले सार्वजनिक रुपमै गृहमन्त्रीको भूमिका माथि प्रश्न उठाएका थिए । ओलीले प्रर्दशनकारीले सडक भत्काएर प्रहरीमाथी ढुङगा प्रहार गरेर घाईते बनाउँदासमेत गृहमन्त्रीको निर्देशन जारी नभएको आरोप लगाएका थिए । गृहमन्त्रीकै कारण प्रहरी घाईते भएको ओलीको दाबी छ ।

प्रधानमन्त्री देउवा र ओलीबीच मंगलबार साँझ प्रधानमन्त्रीको सरकारी निवास वालुवाटरमा भेटवार्ता भएको थियो । उक्त भेटवार्तालाई अर्थपूर्णरुपमा हेरिएको छ ।



प्रतिक्रिया दिनुहोस्