Logo

एमसीसीविरुद्ध जान ओलीलाई चीनको दबाब



काठमाडौं, १२ फागुन । एमसीसी रोक्न चीन खुलेरै सक्रिय भएको छ । चीनले एमसीसी रोक्न नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई दबाब दिएको छ ।

ओलीसँग आज चिनियाँ कम्युनिस्ट पार्टीका विदेश विभाग प्रमुख सङ ताओले भिडियो संवाद गरी एमसीसी रोक्न दबाब दिएको बुझिएको छ । ओलीले एमसीसी पारित गर्ने पक्षमा जाने संकेतहरु देखाउन थालेपछि चीनले दबाबका लागि उच्च तहको नेतामार्फत् ओलीलाई दबाब दिएको बुझिएको छ ।

यसैगरी, नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपालसँग पनि चीनले एमसीसीबारे कुारकानी गरेको बुझिएको छ । उनीसँग विदेश विभाग उपप्रमुख चेन झाओले भिडियो संवाद गरेका हुन् ।

यसअघि चीनले एमसीसीलाई चपाउन नसकिने मासुको टुक्राको संज्ञा दिएको थियो । उसले अमेरिकाले जर्बजस्ती एमसीसी पास गर्न धम्की दिएको भन्दै चेतावनी समेत दिएको थियो ।



प्रतिक्रिया दिनुहोस्

Screenshot