Logo

शाहिदले २ करोड ७७ लाखमा खरिद गरे मर्सिडीज मेब्याक



एजेन्सी, १७ फागुन । बलिउड अभिनेता शाहिद कपुरले ३ दिनअघि आफ्नो ४१औं जन्मदिन मनाएपछि हालै कालो रंगको मर्सिडिज मेब्याक एस ५८० किनेका छन् ।

रिपोर्टका अनुसार शाहिदले यो कार २ करोड ७७ लाख भारुमा किनेका छन् । शाहिदकी श्रीमती मीरा राजपूतसँगको भिडियो सामाजिक सञ्जालमा भाइरल भइरहेको छ, जसमा यो जोडी कारको डेलिभरी लिन गएको देख्न सकिन्छ ।

शाहिदले २५ फेब्रुअरीमा आफ्नो जन्मदिन मनाएका थिए ।



प्रतिक्रिया दिनुहोस्