Logo

भीम रावलले आफूलाई हीरो देखाउन खोजेको ओलीको टिप्पणी



काठमाडौं, १७ फागुन । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले भीम रावलले एमसीसीबारे गरेको गतिविधिलाई व्यक्तिगत रुपमा हीरो बनाउन खोज्ने अभिप्राय भनेका छन् । आज राजधानीमा पत्रकार सम्मेलनमा बोल्दै उनले रावलको गतिविधि अनुशासनविपरित भने ।

‘भीम रावलले पृथक गतिविधि गरेर आफूलाई व्यक्तिगत रुपमा हीरो देखाउन खोज्नुभएको छ,’ पत्रकारको प्रश्नमा ओलीले भने,‘कुनैपनि बहानामा चाहे त्यो राष्ट्रवादको नाममा होस्, पार्टी निर्णय विपरितको क्रियाकलाप अनुशासन भित्र पर्दैन ।’

भीम रावल एमालेको सल्लाहकार परिषदको सदस्य भएको उल्लेख गर्दै आत्मकेन्द्रित, आत्मप्रचारक क्रियाकलापमा लागेको टिप्पणी गरे । उनले भने,‘भीम रावलले आत्मकेन्द्रित, आत्मप्रचारक, अनुचित र अनुशासनहीन क्रियाकलाप गर्नुभएको छ ।’

नेकपा एमालेले सदन बहिष्कार गर्दै आउँदा पनि रावलले एमसीसीबारे संसदमा बोलेका थिए । उनी एमसीसीको विरोधमा उत्रदै आएका छन् ।



प्रतिक्रिया दिनुहोस्

Screenshot