Logo

नारायणकाजीलाई फकाउने प्रयासमा प्रचण्ड



काठमाडौं, १७ फागुन । एमसीसी अनुमोदनप्रति तिव्र असन्तुष्टि जनाएका नेकपा माओवादी केन्द्रका प्रभावशाली नेता नारायणकाजी श्रेष्ठ विद्रोहमा सक्रिय भएपछि रोक्न अध्यक्ष प्रचण्डले प्रयास थालेका छन् । उनले आज हात्तीवन पुगेर श्रेष्ठलाई फकाउने प्रयास गरेका छन् ।

भेटमा प्रचण्डले एमसीसी अनुमोदन गर्नुपर्ने अवस्थालाई मनन गर्न आग्रह गरेको बुझिएको छ । उनले गठबन्धन नै धरापमा पर्ने अवस्थाबारे समेत व्याख्या गरेको बुझिएको छ ।

१६ फागुनमा पत्रकार सम्मेलन गरेर प्रचण्डले नारायणकाजी श्रेष्ठको नामै लिएर आलोचना गरेका थिए । एमसीसीबारे बाहिर नबोल्ने भनेकोमा बोलेको भन्दै आफ्नो बाटो लाग्न सक्ने प्रतिक्रिया दिएका थिए ।

आज नै रेडियो एनआरएनमा प्रचण्डनिकट नेता शक्ति बस्नेतले पनि एमसीसी अनुमोदन चित्त नबुझ्नेले पार्टी छाड्नसक्ने प्रतिक्रिया दिएका थिए । यसले माओवादीभित्रको विवाद सतहमा प्रकट भएको थियो ।

माओवादीमा बस्न नसकिने भन्दै एमसीसीविरोधी नेताहरुले आफ्नो फरक तयारी गर्न थालेका थिए । यस्तो सूचनापछि प्रचण्ड पार्टी एकता जोगाउन लागेको बुझिएको छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot