Logo

देशको पक्षमा बोलेर महाहिरो हुन ओलीलाई रावलको चुनौति



काठमाडौं, १८ फागुन । नेकपा (एमाले)का नेता भिम रावलले नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीलाई देशको पक्षमा बोलेर महाहिरो हुन चुनौति दिएका छन् ।

उनले सामाजिक सञ्जाल ट्विटर मार्फत यस्तो चुनौति दिएका हुन् । प्रतिनिधि सभामा एमसीसीबारे दफावार छलफलका क्रममा रावलले एमसीसीको विपक्षमा बोलेको कुरालाई लिएर पुर्वप्रधानमन्त्री समेत रहेका ओलीले पत्रकार सम्लेलन गर्दै रावल हिरो हुन खोजेको टिप्पणी गरेका थिए ।

रावलले लेखेका छन्, ‘राष्ट्रिय स्वाधीनता र हितको पक्षमा जननिर्वाचित प्रतिनिधिको कर्तब्य अनुरुप संसदमा बोल्दा मैले ‘हिरो’ हुनखोजेको भनी मन पोलेको भए पार्टी अध्यक्षले आफै देशको पक्षमा बोलेर ‘महाहिरो’ हुनुभएको भए म खुशी नै हुनेथिएँ । देश पार्टी र व्यक्तिगत स्वार्थभन्दा धेरै माथि हुन्छ, चेतना भया ।’



प्रतिक्रिया दिनुहोस्

Screenshot