Logo

पुरुषविरुद्ध होइन्, पुरुषलाई पनि पीडा छः रेखा थापा



काठमाडौं, २४ फागुन । चर्चित अभिनेत्री रेखा थापाले कमजोर महिलाको पति, बुवा, भाई वा प्रेमी सबै कमजोर हुने बताएकी छिन् ।

११२औं अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसको अवसरमा शुभकामना दिँदै रेखाले पुरुषहरुले पाएको दुःख घटाउन घरभित्र योद्धा छोरी जन्मिनु पर्ने बताएकी हुन् । पुरुषको बिरुद्ध होइन्, पुरुषलाई पनि पीडा भएको उनले उल्लेख गरेकी छिन् ।

उनले लेखेकी छिन्, ‘पुरुषको बिरुद्द होइन, पुरुषलाई पनि पिडा छ, पुरुषहरुले पाएको दुःख घटाऊन त्यो घर भित्र एउटा योद्दा छोरी जन्मिनु पर्छ भन्ने मान्दछु । कमजोर महिलाको पती, बुवा, भाई वा प्रेमी– सबै कमजोर बन्न पुग्दछन ।
११२औँ अन्तरास्ट्रिय श्रमिक महिला दिवसको शुभकामना’



प्रतिक्रिया दिनुहोस्