Logo

ऋतिक रोशन स्टारर ’फाइटर’को रिलिज मिति घोषणा



एजेन्सी, २७ फागुन । बलिउड अभिनेता ऋतिक रोशन स्टारर ’फाइटर’ को रिलीज मिति घोषणा गरिएको छ । फिल्म २८ सेप्टेम्बर २०२३ मा थिएटरमा आउने छ ।

ऋतिकको फिल्म २८ सेप्टेम्बर २०२३ मा सिनेमाघरमा रिलिज हुनेछ । यो जानकारी ऋतिक आफैले आफ्नो सामाजिक सञ्जाल अकाउन्टमा सेयर गरेका छन् । फाइटर बलिउडको पहिलो एरियल एक्शन फिल्म हो।

यस फिल्ममा ऋतिकका अलावा दीपिका पादुकोण र अनिल कपूर पनि देखिनेछन् । फाइटरलाई सिद्धार्थ आनन्दले निर्देशन गरेका हुन् ।



प्रतिक्रिया दिनुहोस्

Screenshot