Logo

ऋषि कपूरको अन्तिम फिल्म बारे भावुक हुँदै रणवीरले भने-मैले उनको चरित्रलाई प्रोस्थेटिक्सबाट निभाउने प्रयास गरें



एजेन्सी, ३ चैत्र । बलिउड अभिनेता रणवीर कपूरले आफ्ना बुवा तथा दिवंगत अभिनेता ऋषि कपूरका फ्यानका लागि एउटा भावुक भिडियो सेयर गरेका छन् ।
यस भिडियोमा रणवीरले ’शर्माजी नमकीन’ को बारेमा केही सम्झनाहरू सेयर गरेका छन्। रणबीरले ऋषि कपुर आफ्नो खराब स्वास्थ्यका बाबजुद ‘शर्माजी नमकीन’ पूरा गर्न चाहेको खुलासा गरेका छन् । शर्माजी नमकीन ऋषि कपूरको अन्तिम फिल्म हो ।

बुवालाई सम्झँदै रणवीरले भने, ‘शो चल्नै पर्छ भन्ने तपाइले सुन्नु भएको होला, तर मैले पापालाई जीवन बाँचिरहेको देखेको छु । ’शर्माजी नमकीन’ सधैं मेरो बुबाको सबैभन्दा प्यारो सम्झनाहरू मध्ये एक हुनेछ। स्क्रिनमा मेरा अनगिन्ती फ्यानहरूका लागि मुस्कान ल्याउने।’ रणवीर कपुरले पनि दर्शकलाई फिल्ममा माया दिन आग्रह गरेका छन् ।

ऋषि कपुरको अप्रिल २०२० मा फिल्मको छायांकन पूरा नभई निधन भएको थियो । ‘निर्माता र परिवारले धेरै विकल्पहरू विचार गरे। टोलीले ख्ँह् प्रयोग गर्ने सोच गरेपछि, मैले प्रोस्थेटिक्स लगाउने र भूमिका पूरा गर्ने निर्णय गरें। तर केही काम भएन । त्यसपछि परेश रावल आएर फिल्म पूरा गर्न मद्दत गरे।’ रणवीरले भनेका छन् । यो फिल्मलाई हितेश भाटियाले निर्देशन गरेका हुन् ।

बलिउडमा ऋषि कपुरको यात्रा
ऋषि कपुरले सन् १९७३ देखि २००० सम्म आफ्नो करियरमा ९२ फिल्ममा रोमान्टिक नायकको भूमिका निभाएका थिए । उनले एकल मुख्य कलाकारको रुपमा ५१ चलचित्रमा अभिनय गरेका छन् । ऋषि आफ्नो समयका चकलेटियर नायक थिए। ‘मेरा नाम जोकर’ उनको पहिलो फिल्म थियो। जसमा उनले बुवा राज कपूरको बाल्यकालको भूमिका निर्वाह गरेका थिए । मुख्य अभिनेताको रूपमा पहिलो फिल्म बबी थियो, जसमा उनीसँगै डिम्पल कपाडिया पनि देखिएकी थिइन्। ऋषि कपूर र नीतु सिंहको विवाह २२ जनवरी १९८० मा भएको थियो ।



प्रतिक्रिया दिनुहोस्

Screenshot