Logo

भेरी नदीमा बेपत्ता तीन बालबालिकाको शव फेला



काठमाडौं, ४ चैत्र । भेरी नदीमा बेपत्ता भएका तीनै जनाको शव फेला परेको छ। नदीमा नुहाउँने क्रममा बेपत्ता भएका बालबालिकाको शव भेटिएको प्रहरीले जनाएको छ ।

प्रहरीको अनुसार तीनजना मध्ये एकजनाको बुधबार र दुई जनाको बिहीबार भेटिएको हो ।

बेपत्ता हुनेमा लेकवेशी नगरपालिका–२ का ८ वर्षीय दिनेश बुढा, सोही नगरपालिकाका १२ वर्षीय कृष्ण सिन्जाली र १२ वर्षीय अर्का बालक गंगा खड्काको शव नदी किनारमा फेला परेको हो ।

दुई बालकको शव पोस्टमार्टमको लागि मेहलकुना अस्पतालमा राखिएको छ ।



प्रतिक्रिया दिनुहोस्