Logo

नेपाल आइडल सिजन–४ को फाइनल आज



काठमाडौं, ५ चैत । नेपाल आइडल सिजन–४ को फाइनल आज (शनिबार) हुँदैछ ।

फाइनलमा मोरङ बेलबारीकी लक्ष्मी पौडेल, झापाका विश्वास उप्रेती, रामेछाप मन्थलीका रञ्जित नेपाली, झापा बिर्तामोडका नाम्गेल तामाङ र भैरहवाका भूपेन्द्र थापामगर प्रतिष्पर्धामा रहेका छन् । दर्शकको भोटको आधारमा विजेता घोषणा हुनेछ ।

शनिबार नेपाल आइडल सिजन–४ को विजेता घोषणा हुनेछ। फाइनल साँझ छ बजेबाट सुरु हुनेछ ।

विजेताले २७ लाख ५० हजार, फस्ट रनरअपले ५ लाख र सेकेन्ड रनरअपले ३ लाख नगद पुरस्कार प्राप्त गर्ने आयोजकले जनाएको छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot