Logo

माओवादीबाट निष्कासित बिष्ट एमाले प्रवेश गर्दै



काठमाडौं, ६ चैत्र । सत्तारुढ दल नेकपा (माओवादी केन्द्र) संसदीय दल कर्णाली प्रदेशले निष्कासित गरेका सांसद ठम्मरबहादुर विष्ट आजै नेकपा (एमाले) प्रवेश गर्ने भएका छन् । उनलाई वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले एक कार्यक्रमको आयोजना गरी पार्टीमा स्वागत गर्ने जनाइएको छ ।

विष्टले दलको विधान विपरित अभिव्यक्ति र गतिविधि गर्दै आएको भन्दै चैत्र ३ गते बसेको प्रदेश सभाको बैठकले पार्टीबाट निष्कासित गरको उल्लेख गरिएको थियो ।

विज्ञप्तीमा राजीनामा फिर्ता लिएर नियमित कार्यमा क्रियाशिल हुन उनलाई निर्देशन दिएको तर विष्टले अवज्ञा गरेको माओवादी केन्द्रले जनाएको छ ।

उनी सुर्खेतको क्षेत्र नम्बर १ ‘क बाट प्रदेश सभा सदस्यमा निर्वाचित भई कर्णाली प्रदेश संसदीय दलको प्रमुख सचेतक थिए ।

 



प्रतिक्रिया दिनुहोस्

Screenshot