५७औं अन्तर्राष्ट्रिय जातीय विभेद उन्मुलन दिवसमा विशेष कार्यक्रमको आयोजना


काठमाडौं, ७ चैत्र । आज ५७औं अन्तर्राष्ट्रिय जातीय विभेद उन्मुलन दिवस हो । ५७औं अन्तर्राष्ट्रिय जातीय विभेद उन्मुलन दिवसको अवसरमा संयुक्त मुल–आयोजक समिति काठमाडौंले विशेष कार्यक्रमको आयोजना गरेको छ । कार्यक्रममा नेपाली कांग्रेसका नेता मीन विश्वकर्मालगातको उपस्थिति थियो ।

सबै प्रकारका जातीय भेदभाव र छुवाछुतको अन्त्य गर, राज्यका सबै तहमा समानुपातिक प्रतिनिधित्वको कार्यान्वयन गर जस्ता कार्यक्रमका नारा रहेका छन् ।

साथै छुवाछुत मुक्त राष्ट्र घोषणा भएको दिनलाई जातीय विभेद तथा छुवाछुत भेदभाव मुक्त राष्ट्रिय दिवसको रुपमा मनाउन सार्वजनिक बिदा दिन समेत माग गरिएको छ ।

Photo:Mukunda Kalikote