टेलिकम लाइसेन्स प्रकरणमा पूर्वमन्त्री गोकुल बाँस्कोटा र निर्वाण चौधरीबीच आरोप-प्रत्यारोप


काठमाडौं, ९ चैत्र । सीजी टेलिकम लाइसेन्स प्रकरणमा पूर्व सञ्चारमन्त्री गोकुल बाँस्कोटा र उद्दोगी निर्वाण चौधरीबीच आरोप प्रत्यारोप चल्न थालेको छ । बाँस्कोटाले लाइसेन्स प्रकरणमा ठूलै चलखेल भएको आरोप लगाएपछि निर्वाण चौधरीले कडा जवाफ दिएका छन् ।

निर्वाणले ट्वीट गर्दै सीजीलाई लाइसेन्स दिने मन्त्रिपरिषदको निर्णयपछि गोकुल बाँस्कोटा सीजी टेलिकम लन्चका लागि बार्सिलोना समेत धाएको खुलासा गरेका छन् । उनले लेखेका छन्,‘पछि उहाँलाई कस्ले के गरेर प्रभाव पार्यो कुन्नि त्यो पनि कुनै दिन खुल्दै जाला ।’ निर्वाण चौधरीले घुमाउरो ढंगले बाँस्कोटा मोटो रकमबाट प्रभावित भएर सीजीविरुद्ध लागेको आरोप समेत लगाएका छन् ।

निर्वाण चौधरीले आफ्नो तस्बिर राखेका छन् । टेलिकमसम्बन्धी सम्झौता गरिरहेका उनको पछाडि पूर्वमन्त्री बाँस्कोटा र बिनोद चौधरी देखिन्छन् ।

२८ फागुनमा बाँस्कोटाले ट्वीट गर्दै सरकारले २० अर्ब लिएर दिनु पर्ने एकीकृत दुरसञ्चार सेवा सञ्चालन अनुमती पत्र ग्रामीण दुरसञ्चार सेवा सञ्चालन अनुमती पत्रका नाममा २५ लाखमा दिने तयारी भएको भन्दै लेखेका थिए । उनले परमादेशबाट सरकार बनेको आरोप लगाउँदै यस्ता कार्य गर्न सजिलो भएको भनेका थिए ।

Skip This