२१ कात्तिक, काठमाडौं । अस्ट्रेलियाका प्रधानमन्त्री एन्थोनी अल्बानिज सिड्नीमा आयोजित नेपाल फेस्टिभलमा सहभागी भएका छन् ।
नेपाली समुदायको कार्यक्रममा सम्बोधन गर्न पुगेका प्रधानमन्त्री अल्बानिज ढाकाटोपीमा सजिएर उपस्थित भएका थिए ।
कार्यक्रममा उनले नेपाली समुदायसँग तिहार मनाउन पाउनु आफ्नो लागि खुसीको विषय भएको बताए ।
नेपाली समुदायको योगदानको प्रशंसा गर्दै उनले विविधता अस्ट्रेलियाको शक्ति भएको उल्लेख गरे ।
‘विविधता हाम्रो शक्ति हो र तपाईंहरू यसको अत्यन्तै महत्त्वपूर्ण हिस्सा हुनुहुन्छ,’ प्रधानमन्त्री अल्बानिजले सम्बोधनका क्रममा भने ।




प्रतिक्रिया