Logo

लेटाङ घटनाको छानबिन गर्न पाँच समिति गठन



मोरङ, ९ चैत्र । मोरङको लेटाङमा महिला प्रहरी जवानको मृत्यु भएको घटनाको छानबिन गर्न समिति गठन गरिएको छ । गत आइतबार शिक्षा माविमा प्रहरी र स्थानीयबीच झडपमा प्रहरीको मृत्यु भएको विषयमा छानबिन गर्न बुधबार प्रहरी वरिष्ठ उपरिक्षक राजेन्द्रप्रसाद चौधरीको नेतृत्वमा छानबिन समिति गठन भएको हो ।

चौधरीको नेतृत्वमा पाँच सदस्यीय समिति गठन भएको हो । समितिले घटना कसरी भयो भन्ने बारेमा अनुसन्धान गर्ने छ ।
शिक्षक होलीको दिनमा छात्राको घरमा पुगेर पानी मागेका थिए । पानी ल्याएर शिक्षकलाई छात्राले दिँदा उनले दुव्र्यवहार गरेको आरोप लगाइएको छ ।



प्रतिक्रिया दिनुहोस्