Logo

’आरआरआर’ले रच्यो नयाँ इतिहास, ३ दिनमा ५०० करोडभन्दा बढी कलेक्सन



एजेन्सी, १५ चैत्र । पछिल्लो समयको चर्चित फिल्म ‘आरआरआर’ ले बक्स अफिसमा रेकर्ड तोड्ने क्रम जारी छ । अब फिल्मले पहिलो साता अर्थात् तीन दिनमै ५ सय करोडभन्दा बढीको वर्ल्डवाइड व्यापार गरेर इतिहास रचेको छ । ५५० करोडभन्दा बढीको बजेटमा बनेको ‘आरआरआर’ विश्वभर तीन दिनमा कमाइ गर्ने पहिलो भारतीय फिल्म बनेको छ ।

तरण आदर्शले पोस्ट सेयर गर्दै ‘आरआरआर’ भारतको सबैभन्दा ठूलो ब्लकबस्टर फिल्म भएको बताए । फिल्मले तीन दिनमा विश्वभर ५ सय करोडभन्दा बढीको व्यापार गरेर नयाँ बेन्चमार्क कायम गरेको छ ।

रिपोर्टका अनुसार रामचरण तेजा, जुनियर एनटीआर, अजय देवगन र आलिया भट्ट स्टारर यो फिल्मले तेस्रो दिन (आइतबार) १३० करोडभन्दा बढी कलेक्सन गरेको छ । यसअघि फिल्मले दोस्रो दिन (शनिबार) ११४ करोड ३८ लाख र उद्घाटन दिन (शुक्रबार) २५७ करोड १५ लाख को वर्ल्डवाइड व्यापार गरेको थियो ।

 



प्रतिक्रिया दिनुहोस्

Screenshot