Logo

जिल्ला अदालतको आदेशविरुद्ध उच्च अदालत पुगे नायक पल शाह



पोखरा, १५ चैत । बलात्कारको आरोप लागेका नायक पल शाह तनहुँ जिल्ला अदालतको आदेशविरुद्ध उच्च अदालत पुगेका छन् ।

आज (मंगलबार) उनले जिल्ला अदालत तनहुँको आदेशविरुद्ध पुनरावेदनका लागि उच्च अदालत पोखरामा निवेदन दिन पुगेका हुन् । उनले आफुलाई धरौटी वा तारेखमा छाडेर मुद्दा लड्न दिन निवेदनमा माग गरेको बताइएको छ ।

नाबालिग गायिकामाथि बलात्कार आरोपमा पुर्पक्षका लागि उनलाई तनहुँ जिल्ला अदालतले कारागार पठाइएको छ ।

उनी चैत १० गते जेल चलान भएका थिए । सोही आदेश खारेज गरिपाऊँ भन्दै पुनरावेदन परेको उच्च अदालत पोखराले जानकारी दिएको छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot