Logo

स्मिथको थप्पडले ओस्कर अवार्ड प्रस्तोता क्रिसको भाग्य बदलियो



एजेन्सी,  १६ चैत्र । ओस्कार अवार्ड समारोहमा हलिउडको चर्चित फिल्म ‘ब्याड ब्वाई’ स्टार विल स्मिथले थप्पड हानेपछि क्रिस रकको भाग्य चम्किएको छ । क्रिसको आगामी स्ट्यान्ड–अप शोको लागि टिकटको बिक्री र मूल्य दुवै बढेको हो । अनलाइन टिकटिङ मार्केटप्लेस टिकटोकले एक सामाजिक सञ्जाल पोस्ट साझा गरेको छ कि उनीहरूले गत महिना भन्दा हिजो राती धेरै टिकटहरू बेचेका छन्।

टिकटिकले पोस्टमा लेखेको छ, ’हामीले गत राति क्रिस रकको शोको टिकटहरू गत महिनाको तुलनामा धेरै बेच्यौं।’ मार्च १८ मा शोको सबैभन्दा सस्तो टिकट ४६ डलर (३५०० रुपैयाँ) थियो, जुन अहिले बढेर ४११ डलर (३१,२७४ रुपैयाँ) पुगेको छ।

अमेरिकी मिडिया कम्पनी भेराइटीका अनुसार क्रिसले मार्च ३० देखि अप्रिल १ सम्म बोस्टनको विल्बर थिएटरमा ६ वटा शोमा प्रस्तुति दिनेछन् । त्यसपछि अप्रिल २ बाट उनले आफ्नो ‘इगो डेथ वर्ल्ड टुर’ सुरु गर्नेछन् ।
रिपोर्टहरू अनुसार, बोस्टन शो को टिकटहरू चाँडै बिकिसकेको छ । क्रिसले ३० सहरमा यात्रा गर्नेछन् जसका लागि ३८ मितिहरू तय भइसकेका छन्। उनले न्यूयोर्क, डेनभर, लस भेगास, सिएटल, अकल्याण्ड, टोरन्टो र शिकागोमा प्रस्तुति दिनेछन्। बोस्टन पछि, उनी एट्लान्टिक सिटी जानेछन् र त्यसपछि नोभेम्बर ज्ञठ मा लस एन्जलसको डल्बी थिएटरमा आफ्नो भ्रमण समाप्त गर्नेछन्।

विल स्मिथले फिल्म किंग रिचर्डका लागि ओस्कर २०२२ मा आफ्नो पहिलो एकेडेमी अवार्ड जितेका थिए। केही समयअघि उनले प्रस्तोता क्रिस रकलाई आफ्नी श्रीमती जाडाको मजाक उडाएको भन्दै थप्पड हानेका थिए । अवार्ड जितेपछि विलले आफ्नो भाषणमा एकेडेमी र क्रिस दुवैसँग माफी मागेका थिए । पछि उनले क्रिससँग माफी माग्दै सामाजिक सञ्जालमा लामो पोस्ट पनि लेखेका थिए ।



प्रतिक्रिया दिनुहोस्