Logo

मदन पुरस्कार प्राप्त ‘पल्पसा क्याफे’ मण्डला थिएटरमा मञ्चन हुने



काठमाडौं, १८ चैत्र । चर्चित साहित्यकार नारायण वाग्लेद्धारा लिखित मदन पुरस्कार प्राप्त उपन्यास ‘पल्पसा क्याफे’ मा आधारित नाटक मञ्चन हुने भएको छ । थिएटर भिलेज समुहको नाटक थापागाउँस्थित मण्डला थिएटरमा आगामी बैशाख ९ गते मञ्चन हुने भएको हो ।

उक्त नाटक बैशाख महिनाभर मञ्चन हुने पनि जनाइएको छ । विमल सुवेदीको निर्देशन र दीलिप रानाभाटको सह निर्देशनमा रहेको उक्त नाटकमा सुरज सुवेदीको नाट्य रुपान्तरण रहेको छ ।

यसैगरी, पल्पसाको भुमिकामा नायिका सृष्टि श्रेष्ठ देखिदैछिन् । त्यस्तै, सिर्दाथको भुमिकामा भने दिपेश राई देखिने भएका छन् ।



प्रतिक्रिया दिनुहोस्