Logo

भुवन केसी काठमाडौको मेयरको उम्मेदवार बन्ने



काठमाडौं, २२ चैत्र । नेपाली चलचित्रका सदाबहार नायक भुवन केसी काठमाडौं महानगरपालिकाको मेयरको उम्मेदवार बन्ने भएका छन् । उनले मेयरको उम्मेदवार बन्ने भन्दै निकटस्थसँग सहयोगको आग्रह गरेको बुझिएको छ ।

केसी सकभर कुनै ठूलो दलबाट मेयरको उम्मेदवार बन्ने प्रयासमा छन् । ठूला दलहरुले उनलाई उम्मेदवार बनाउने सम्भावना कमजोर छ । केसीले राष्ट्रिय प्रजातन्त्र पार्टीसँग यसबारे कुरा बढाएका थिए । तर, सकारात्मक जवाफ नआएपछि उनी अन्य दलहरुसँग छलफलमा रहेको विश्वस्त स्रोतले बताएको छ ।

काठमाडौको रैथाने भुवन केसी विगतमा राष्ट्रिय प्रजातन्त्र पार्टीसँग नजिक थिए । पछि नेकपा एमालेसँग नजिकिए । पछिल्लो समय उनी काठमाडौंको मेयर उठ्ने तयारीका साथ परामर्शमा लागेका छन् ।



प्रतिक्रिया दिनुहोस्