Logo

भैरहवा पुगेका महन्थ ठाकुर अस्वस्थ भएपछि हेलिकप्टरबाट काठमाडौं ल्याइयो



काठमाडौं, २३ चैत । लोकतान्त्रिक समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुर अस्वस्थ भएका छन् ।

स्थानीय निर्वाचनको तयारीका लागी पार्टीको कार्याक्रममा सहभागि हुन भैरहवा पुगेका उनी अस्वस्थ भएपछि बुधबार काठमाडौं ल्याइएको बताइएको छ ।

अस्वस्थ भएपछि ठाकुरलाई भैरहवास्थित भीम अस्पताल लगिएको थियो ।

तर, थप उपचारका लागि उनलाई हेलिकप्टरमार्फत काठमाडौंको मेडिसिटी अस्पताल ल्याइएको बताइएको छ ।

उनलाई ज्वरो उच्च मात्रामा आएपछि उनलाई अक्सिजन दिएर हेलिकप्टरमा काठमाडौंँ ल्याइएको जनाइएको छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot