चट्याङ लागेर दुईको मृत्यु : ५ घाइते


मकवानपुर, चैत। मकवानपुरको राक्सीराङमा चट्याङ लागेर दुई जनाको ज्यान गएको छ भने पाँच जना घाइते भएका छन्। मकवानपुरको राक्सीराङ गाउँपालिकाका वडा १ र झापाको गौरादह नगरपालिका वडा ५ मा गरी दुई जना महिलाको ज्यान गएको हो।

त्यस्तै राक्सीराङमा दुई जना, तनहुँको म्याग्दे गाउँपालिका-१ मा दुई जना र शुक्लागण्डकी नगरपालिका(५ मा एक जना घाइते भएका राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जनाएको छ।

बितेको एक वर्षमा देशका विभिन्न ठाउँमा चट्याङ्गका दुई सयभन्दा धेरै घटना भएका छन्। ती घटनामा ५६ जनाको ज्यान गएको छ। एक सय ७५ जना घाइते भएका विपद् व्यवस्थापन प्राधिकरणको तथ्याङ्क छ।

Skip This

Omoda E5 Pro