कांग्रेस इतरपक्षले काठमाडौंमा आज वूहत भेला गर्दै


काठमाडौं । नेपाली कांग्रेसको इतरपक्षले काठमाडौंमा आज वूहत भेला गर्दैछ । काठमाडौंको सुकेधारास्थित नवदुर्गा पार्टी प्यालेसमा भेलाको आयोजना गरिएको कांग्रेस युवा नेता भुपेन्द्रजङ शाहीले बताए ।

शाहीका अनुसार भेलामा क्रियाशील सदस्यता अध्यावधिक नगराउने सबैलाई सहभागी हुन आह्वान गरिएको छ ।

संस्थापन पक्षले क्रियाशील सदस्यता उत्साहपूर्वक अध्यावधिक भइरहेको दाबी गरिरहँदा इतरपक्षका नेताहरू भने समेटिएका छैनन् ।

१४औँ महाधिवेशन ताका १५औँ का लागि नवीकरण भएकाको हकमा संस्थापनले अध्यावधिक गराउनुपर्ने उनीहरुको भनाइ छ ।

Skip This

Omoda E5 Pro