निर्वाचन सारिए देश दुर्घटनामाः प्रमुख निर्वाचन आयुक्त


काठमाडौं, चैत ३०। प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले ३० वैशाखमा घोषित निर्वाचन कुनै कारण देखाएर सारिए मुलुक गम्भीर दुर्घटनामा जान सक्ने चेतावनी दिएका छन् ।

मंगलबार निर्वाचन आयोगद्वारा आयोजित एक कार्यक्रममा बोल्दै प्रमुख निर्वाचन आयुक्त थपलियाले निर्वाचनका सबै तयारी पूरा भएर मतपत्र समेत छाप्ने काम भइरहेको अवस्थामा निर्वाचन सारिए त्यो मुलु्कका लागि दुर्भाग्यपूर्ण हुने बताए ।

उनले कुनै पनि हालतमा निर्वाचन सार्न नहुनेमा जोड दिए । ‘निर्वाचनको रकेट उडिसक्यो त्यो अब निर्वाचन सम्पन्न नगर्दासम्म बीचैमा अवतरण हुने भन्ने प्रश्न नै हुँदैन,’ थपलियाले भने । उनले निर्वाचन सार्ने कुराको कल्पनै गर्न नसकिने बताए । राजधानी दैनिकबाट

Skip This

Omoda E5 Pro