Logo

आकांक्षी धेरै, तनावमा शीर्ष नेता



काठमाडौं, चैत ३० । स्थानीय तहको निर्वाचन नजिकिँदै आउँदा विभिन्न दलका शीर्ष नेता महानगरपालिका, उपमहानगरपालिका र नगरपालिकामा उम्मेदवार छनोटको विषयलाई लिएर तनावमा छन्।

उम्मेदवार बन्न हानथाप देखिएपछि कसरी सहमति जुटाएर टुंगो लगाउने भन्ने विषयमा दलका शीर्ष नेताहरू अलमलमा परेका हुन्। सत्ता गठबन्धनमा रहेका नेपाली कांग्रेस, माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी (नेकपा एस) सबैले मेयर पदमा दाबी गरेपछि कसरी भागबन्डा गर्ने भन्ने समस्या देखिएको छ। प्रमुख प्रतिपक्षी दल एमालेमा पनि आकांक्षी धेरै भएकाले कसरी व्यवस्थापन गर्ने भन्ने समस्या देखिएको छ।

सत्ता गठबन्धन बनाउन मुख्य भूमिका निर्वाह गरेका नेकपा (एस)का अध्यक्ष माधवकुमार नेपालले कम्तीमा एउटा महानगरपालिका र एउटा उपमहानगरपालिकाको मेयर आफ्नो पार्टीले पाउनुपर्ने दाबी गरिरहेका छन्। माओवादी केन्द्रले भरतपुरसहित कम्तीमा दुईवटा महानगरपालिकामा मेयर दाबी गरिरहेको छ। कांग्रेसले पनि भरतपुरको मेयरमा दाबी गरेपछि समस्या देखिएको छ।

एमालेमा पनि उम्मेदवार छनोटको विषयले शीर्ष नेतालाई पिरलेको छ। पछिल्लोपटक विभिन्न पार्टी परित्याग गरी एमाले प्रवेश गरेकाले नै मेयरको टिकट दाबी गरिरहेका छन्। नागरिक दैनिकबाट



प्रतिक्रिया दिनुहोस्