Logo

कांग्रेसको घोषणापत्र सार्वजनिक हुँदै



काठमाडौं, ११ बैशाख । सत्ताको नेतृत्व गरिरहेको नेपाली कांग्रेसले आज चुनावी घोषणापत्र सार्वजनिक गर्दैछ । पार्टीले आज केन्द्रीय कार्यालय सानेपामा स्थानीय तहको चुनावको घोषणापत्र सार्वजनिक कार्यक्रम सुरु गरेको छ ।

घोषणापत्र सार्वजनिक गर्न महामन्त्री गगन थापाको संयोजकत्वमा समिति गठन गरिएको थियो । घोषणापत्रको लागि पार्टीले विज्ञसहित नेता तथा कार्यकर्ताहरुसँग पनि सुझाव लिएको थियो ।

आजै महानगरपालिकाहरुका उम्मेदवारहरको टूंगो लगाउन कांग्रेसले कार्य सम्पादन समितिको बैठकसमेत बोलाएको छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot