Logo

सुन चोरीको भिडियो फुटेजले एमालेका दीपक पौडेलको मेयरको टिकट खोसिदै



काठमाडौं, ११ वैशाख । सुन चोरीको भिडियो फुटेजले पोखरा महानगरपालिकामा एमालेले मेयरको टिकट दिएका दीपक पौडेललाई ठूलो धक्का परेको छ । उनको टिकट खोसिने पक्कापक्की भएको छ ।

पौडेलको साटो अर्को उम्मेदवार चयन गर्न एमाले अध्यक्ष केपी शर्मा ओलीले परामर्श थालेका छन् । ओलीले नयाँ उम्मेदवारबारे परामर्श गरेर साँझ सम्म निर्णय लिने बुझिएको छ ।

यसअघि पोखरामा एमालेबाट मेयरका उम्मेदवार दीपक पौडेलले गहना पसलमा कोटमा गहना चोरेर राखेको भनिएको भिडियो बाहिरिएको थियो । उनले उक्त भिडियो आफ्नो नभएको दाबी गरेका छन् ।



प्रतिक्रिया दिनुहोस्

Screenshot