Logo

टिकट खोसिएका दिपक पौडेलको ईश्वर पोखरेलसँग भनाभन



काठमाडौं, १३ वैशाख । पोखरा महानगरपालिकामा एमाले नेताहरुबीच एक अर्काको भण्डाफोर अभियान नै चलेको छ । मेयरको टिकट पाएका दिपक पौडेलले सुन चोरिरहेको भनिएको भिडियो सार्वजनिक भई भाइरल भएपछि भण्डाफोर चलेको हो ।

पौडेललाई एमाले अध्यक्ष केपी शर्मा ओलीले टेलिफोन गरी विकल्प खोज्नुपर्ने भनेको बुझिएको छ । त्यसपछि पौडेलको एमाले वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलसँग टेलिफोन कुराकानी भयो । कुराकानीका क्रममा दुवैबीच भनाभन भएको छ ।

टिकट खोसिएका दिपक पौडेलले आफूविरुद्ध खगराज अधिकारीलगायत नेताहरुले षड्यन्त्र गरेको भनेको विश्वस्त स्रोतले बताएको छ । उनले कृष्ण थापालाई टिकट दिलाउन आफूविरुद्ध योजनावद्ध तरिकाले षड्यन्त्र भएको भनेपछि भनाभन भएको बुझिएको छ ।

पौडेलको समूहले नेकपा एसका उम्मेदवार धनराज आचार्यसँग सम्पर्क गरिरहेका छन् । पोखरामा एमालेभित्र ठूलै विद्रोह हुनलागेको बुझिएको छ ।



प्रतिक्रिया दिनुहोस्