Logo

डडेलधुराका काँग्रेस पूर्व जिल्ला सभापति कर्ण मल्ल पार्टीबाट निष्काशित



काठमाडौं, १३ वैशाख । डडेलधुराका नेपाली काँग्रेसका पूर्व जिल्ला सभापति कर्ण मल्ल पार्टीबाट निष्काशित भएका छन् । काँग्रेस सभापति समेत रहेका प्रधानमन्त्री शेरबहादुर देउवाको गृहजिल्लाका मल्लले नेपाली काँग्रेस वीपीबाट आफू निकटस्थलाई उम्मेदवारी दर्ता गराएका थिए ।

काँग्रेस वीपीमा प्रवेश गरेर नेकपा एमालेसँग चुनावी तालमेल गरेपछि मल्ल पार्टीको साधारण सदस्यबाट समेत निष्काशित गरिएका छन् । मल्ल विगतमा देउवाका विश्वासपात्र पनि हुन् ।

डडेलधुरामा विभिन्न पालिकामा मल्ल निकटहरुले एमालेसँग तालमेल गरी प्रमुख र उपप्रमुखसहित वडाहरुमा उम्मेदवारी दर्ता गरेका छन् ।



प्रतिक्रिया दिनुहोस्