Logo

स्वतन्त्र उम्मेदवारी फिर्ता लिन प्रधानमन्त्री देउवाको आग्रह (विज्ञप्तीसहित)



काठमाडौं, १५ बैशाख । प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीका आधिकारिक उम्मेदवारविरुद्ध दर्ता भएका स्वतन्त्र उम्मेदवारी फिर्ता लिन आफ्ना कार्यकर्ताहरुलाई आग्रह गरेका छन् । आज एक विज्ञप्ती जारी गर्र्दै पार्टी र गठबन्धनका आधिकारिक उम्मेदवारविरुद्ध दर्ता भएका स्वतन्त्र उम्मेदवारी फिर्ता लिन कार्यकर्ताहरुलाई आग्रह गरेका हुन् ।

लोकतन्त्र विरोधी र संविधानलाई कमजोर बनाउन सक्रिय प्रवृत्तिलाई परास्त गर्न पाँच दलबीच गठबन्धन भएको पनि उनले स्पष्ट पारेका छन् ।
देउवाले विज्ञप्तीमा लेखेका छन्,‘पार्टीको विजयको लागि ‘साथीको उम्मेदवारी नै मेरो उम्मेदवारी’ भन्ने उच्चतम भावना राख्न र कांग्रेसको एकल उम्मेदवारी भएको होस् वा सत्ता गठबनधनका दलहरुसँग तालमेल भएको तह, त्यहाँको विजय अभियानलाई त्याग, एकता र समर्पणका साथ सफल बनाउन म अपिल गर्दछु ।’

आधिकारिक उम्मेदवारविरूद्ध स्वतन्त्र उम्मेदवारी दर्ता गराएकाहरुलाई देउवाले देश, लोकतन्त्र र पार्टीको हितमा मुलुकको वर्तमान अवस्था र भावी परिस्थितिको समेत आंकलन गर्न समेत आग्रह गरेका छन् ।

देउवाले भोलि ५ बजेभित्र सम्बन्धित तहको निर्वाचन अधिकृतको कार्यालयमा गई उम्मेदवारी फिर्ता गर्न र पार्टीका आधिकारिक उम्मेदवार र गठबन्धनकमा रहेका दलका उम्मेदवारलाई विजयी गराउन समेत निर्देशन दिएका छन् ।



प्रतिक्रिया दिनुहोस्

Screenshot