Logo

ओलीले गरे केशब स्थापित र सुनिता डंगोलको प्रशंसा



काठमाडौं, १८ बैशाख । नेकपा (एमाले) का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टीबाट काठमाडौं महानगरपालिकाको मेयरमा उठेका केशब स्थापितको प्रशंसा गरेका छन् । उनले स्थापित काठमाडौं महानगरलाई समृद्ध बनाउनसक्ने व्यक्ति भएको भन्दै प्रशंसा गरेका हुन् ।

आज (आइतबार) काठमाडौंमा आयोजित पार्टीको एक कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् । उनले मेयरका उम्मेद्धवार स्थापित र उपमेयर सुनिता डंगोल काठमाडौं महानगर हाँक्न अनुभवी र सक्षम रहेको बताएका हुन् ।

सम्बोधनको क्रममा ओलीले भने–’काठमाडौंका सडक चौडा बनाउने,माइतीघर मण्डल बनाउने, धोबिखाला कोरिडोर, बागमती कोरिडोर अघि बढाउने व्यक्तिलाई एमालेले अघि बढाएको छ ।’ तस्विर : मुकुन्द कालिकोटे/रिपोर्टर्स नेपाल डटकम

 



प्रतिक्रिया दिनुहोस्

Screenshot