Logo

१०औं पटक वडाध्यक्ष बनिसकेका नरसिंह व्यञ्जनकारले भतिजा रविनसँग भिड्नुपर्ने



काठमाडौं, १८ वैशाख । नरसिंह व्यञ्जनकार ललितपुर महानगरपालिकामा १०औं पटक वडाध्यक्ष भएका लोकप्रीय व्यक्ति हुन् । उनी वडा नम्बर १० मा १० पटक चुनाव जित्न सफल भएपनि यसपटक निकै चुनौतीको सामना गर्दैछन् । कारण हो आफ्नै भतिजा रविन व्यञ्जनकारसँग चुनाव लड्नुपर्ने ।

नरसिंहका भतिजा रविन फुटबलका पूर्व राष्ट्रिय खेलाडी हुन् । उनी कुपण्डोल यूएन पार्क क्षेत्रका रैथाने हुन् । नेपाली काँग्रेसले रविनलाई यसपटक टिकट दिएको छ ।

रविन चुनाव लड्ने थाहापाएर नरसिंह सन्तुष्ट छैनन् । तर, चुनाव आफैले जित्ने दाबी गर्दै आइरहेका छन् ।

रविन पनि युवा माझ लोकप्रीय छन् । पाटनवासीले रविनलाई राम्रो चिन्दछन् । उनको राजनीतिमा परीक्षण भने भइसकेको छैन ।



प्रतिक्रिया दिनुहोस्