Logo

सिंहलाई परिपक्वता, ज्येष्ठता र कार्यक्षमताको आधारमा आईजिपी बनाईएको हो : गृहसचिव पाण्डे (भिडिओसहित)



काठमाडौं, १९ बैशाख । गृहसचिव टेकनारायण पाण्डेले परिपक्वता, जेष्ठता, कार्यकुशलता र कार्यक्षमताले गर्दा सरकारले धिरजप्रताप सिंहलाई आइजिपी बनाईएको स्पष्ट पारेका छन् ।

आज (सोमबार) गृह मन्त्रालयमा नवनियुक्त आइजिपी सिंहलाई दर्ज्यानी चिन्ह लगाउने कार्यक्रममा संक्षिप्त सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । उनले रकारले छनौट गरेका सिंह प्रहरी संगठनलाई पनि उपयुक्त भएको जिकिर गरे ।

उनले भने,‘‘घरमा पनि अभिभावकले सबै सन्तानलाई उत्तिकै माया गरेको पाइँदैन, घरमा पनि विभेद हुन्छ। अहिले भएका एआइजीमध्ये सरकारले सिंहलाई छनौट गर्यो। उनलाई अभिभावकीय भूमिका हिसाबले सरकारले मन परायो।’

तस्विर : मुकुन्द कालिकोटे, रिपोर्टर्स नेपाल डटकम



प्रतिक्रिया दिनुहोस्