Logo

बुद्ध जयन्तीको अवसरमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी नेपाल आउँदै



काठमाडौं, बैशाख २० । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी आगामी २ गते नेपाल भ्रमणमा आउने भएका छन् । भारतीय पत्रिका द हिन्दूले आफ्नो अनलाइन संस्करणमा उल्लेख गरेअनुसार मोदी मे १६ अर्थात् बुद्ध जयन्तीको अवसरमा नेपाल आउने आउन लागेका हुन् ।

मोदी सन् २०१९ मा पुनः प्रधानमन्त्री निर्वाचित भएपछि पहिलो नेपाल भ्रमणमा आउन लागेका हुन् । नेपालका प्रधानमन्त्री शेरवहादुर देउवा र भारतीय समकक्षी मोदीले संयुक्त रूपमा मायादेवी मन्दिर परिसरमा दीप प्रज्ज्वलन गर्ने कार्यक्रम रहेको छ ।

मोदीको लुम्बिनी भ्रमणबारे नेपालको परराष्ट्र मन्त्रालयले कुनै ‍आधिकाररिक धारणा सार्वजनिक गरेको छैन् । यता नेपालले सोहि दिन अर्थात जेठ २ गते भैरहवा अन्तर्राष्ट्रिय विमानस्थलबाट व्यवसायीक अन्तर्राष्ट्रिय उडानको तयारी गरेको छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot