Logo

बेसिशहरमा अर्यालको जितमा ब्रेक लाग्दै, श्रीकान्त घिमिरेलाई जनताको साथ



लमजुङ, २७ बैशाख । बेसिशहर नगरपालिकामा अन्य स्थान जस्तै चुनाबी माहोल बढ्दो छ। लामो समय देखि नेतृत्वमा रहेका गुमान सिह अर्याललाइ यसपाली निर्बाचन जित्न निकै मुस्किल देखिएको छ।

एमालेका केन्द्रिय नेता देखि जिल्लास्तरीय नेता सम्म बेसिशहर नगरपालिकालाइ प्रतिष्ठाको बिषय बनेर लागि परेका छन्। यता नेपाली कांग्रेसको तर्फ बाट उमेदवार बनेका श्रीकान्त घिमिरेको पक्षमा माहोल बढेको देखेर मुख्य मन्त्री सम्म भैसकेका पृथ्वी सुब्बा गुरुङ टोल भेला सम्म आफै सक्रिय भएर लागि परिरहेका छन्। बारम्बर नेतृत्वमा रहेर पनि आफुले उठाएका एजेन्डामा अडिक हुन नसकेको कारण बेसिशहरका जनताले यसपाली गुमान सिहको बिकल्प खोज्नै पर्ने अबस्थामा पुगिएको बेसिशहर बासीले बताउदै आएका छन्।

नेपाली कांग्रेसको राजनितिमा प्रभावशाली नेताको छवि बनाएका श्रीकान्त घिमिरे जनता माझ निकै लोकप्रिय हुनुको कारण उनले कसैलाइ भेदभाव नगर्नु नै हो।लम्जुङ बिधुत उपभोक्ता सस्थाको अध्यक्ष हुँदै गर्दा उनले सबै सेवाग्राही लाई समान व्यवहार गरे,नेपाली कांग्रेस, एमाले भनेर भेदभाव गरेनन् त्यसैले पनि उनलाइ सबैले एक चोटि बेसिशहर नगरपालिकाको मेयरको रुपमा हेर्न चाहेको बेसिशहर नगरबासी नै बताउछ्न।उता गुमान सिह अर्यालले भने आफु मेयर हुँदा सत्ताको दुरुपयोग गरेर आफ्ना पकेटका मानिस भन्दा अरुलाइ वास्ता नगर्ने गरेको एमालेकै नेताहरु बताउछन्।



प्रतिक्रिया दिनुहोस्