Logo

२८ बर्षकै उमेरमा मेयर! डडेल्धुराको परशुराम नगरपालिकाको प्रमुखमा कांग्रेसका जोशी विजयी



डडेलधुरा, जेठ ४। भित्रिमधेश जोगबुडाको परशुराम नगरपालिका प्रमुखमा नेपाली कांग्रेसका उम्मेदवार भरत बडायर जोशी निर्वाचित भएका छन् । मंगलबार अबेर राती सकिएको गणनामा जोशीले ५९४१ मत प्राप्त गरी विजयी भएका हुन् ।

उनका निकटतम प्रतिद्धन्दी नेकपा माओवादी केन्द्रका उम्मेदवार शेरसिंह माल डायमण्डले ५८०५ मत प्राप्त गरे । माललाई १३६ मतान्तरले पराजित गर्दै जोशी निर्वाचित भएका हुन्

माल २०७४ को स्थानीय तह निर्वाचनमा पनि नेपाली काँग्रेसका उम्मेदवार भीमबहादुर साउदसँग ५४५ मतले पराजित भएका थिए । साउदले ४६२९ मत प्राप्त गर्दा मालले ४८४ मत प्राप्त गरे ।

उप–प्रमुखमा माओवादीका बिमला महताले ५८८५ मत प्राप्त गरी विजयी भएककी छन । उनका निकटतम प्रतिद्धन्दी नेपाली कांग्रेसका कलावती बोहराले ४५९३ मत प्राप्त गरिन । उनीहरू बीचको मतान्तर १ हजार २९२ रहेको छ ।



प्रतिक्रिया दिनुहोस्